Rule 63
चाडपर्व खर्च
: (१) सशस्त्र प्रहरी कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाईने मुख्य चाडपर्वको लागि निजले खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्षमा चाडपर्व खर्चको रुपमा पाउनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले नियुक्ति भएको दुई महिना भित्र आफूले चाडपर्व खर्च लिने मुख्य चाडपर्व र सो चाडपर्व पर्ने सम्भावित महिना समेत खुलाई सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ । यसरी निवेदन दिईसकेपछि त्यस्तो सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा अवधिभर अर्को चाडपर्वमा खर्च माग गर्न पाउने छैन।
(३) निवृत्तिभरण पाउने गरी सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रुपमा दिइनेछ ।
(४) बेतलबी अध्ययन बिदा लिएको सशस्त्र प्रहरी कर्मचारीलाई सो बिदा लिएको अवधिमा चाडपर्व खर्च दिईने छैन ।